June 24, 2017, 4:10 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

अनुहारमा चमक ल्याउनका लागि सेक्स गर्नु आवश्यक

स्कटल्याण्डस्थित रोयल एडिनबर्ग अस्पतालका शोधकर्ताहरुले युवा देखिनका लागि कुनै कृतिम श्रृङ्गार, कुनै क्रिम वा फेसियल आवश्यक नपर्ने दावी गरेका छन् । उनीहरुले अनुहारमा चमक ल्याउनका लागि कस्मेटिकको प्रयोगको सट्टा सेक्स गर्नु आवश्यक रहेको दावी गरेका छन् ।

शोधकर्ताहरुले ‘यो असली’ आवश्यकतामाथि प्रकाश पार्दै कम अन्तरालमा सेक्स गर्दा (सातामा कम्तीमा तीनपटक) पुरुषको उमेर उसको वास्तविक उमेरको तुलनामा कम देखिन्छ । उनीहरुका अनुसार सेक्स क्रियामा रम्नु, कसरतरत हुनु समान हो, किनभने सेक्स गर्नु शारीरिक गतिविधि अर्थात कसरतको श्रेणीमै पर्दछ।

त्यसले अनुहारमा चमक ल्याउने र शरीरको सम्पूर्ण मांसपेशीमा कसिलोपन सिर्जना गर्ने शोधकर्ताहरुको दावी छ । शोधकताएहरुले यस विषयमा केही महत्वपूर्ण दिशानिर्देशसमेत जारी गरेका छन् । त्यो हो–प्रेमपूर्ण आलिङ्गन, चुम्बन, एकनिष्ठ सेक्स अर्थात मात्र श्रीमतीसँग सेक्स गरे मात्र आशा गरेअनुसारको नतिजा प्राप्त हुन्छ । किनभने यताउता जाँदा सेक्स्युअल डिजिजको खतरा रहन्छ ।

साथै बिना कुनै पूर्व तयारी या फोरप्लेबिना गरिने सेक्सबाट तनाव मात्र बढ्छ । साथै लुकिछिपी गरिने सेक्सबाट मनमा डर वा भय पैदा हुने गर्दछ । जसले मानसिक वा शारीरिक रुपले स्वास्थ्यमा नराम्रो असर पार्दछ । परिणमतः बुढो हुने प्रक्रियामा तिब्रता आउने गर्दछ । त्यसैले भयमुक्त सेक्स क्रिया हुनु आवश्यक छ । त्यसका लागि श्रीमतीसँग मात्र सेक्स गर्नु उचित हुने शोधकर्ताहरुको ठहर छ। एजेन्सी 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार