यस्तो जीवनशैली सफलताको सिँढी

काठमाडौँ । मानिस कसरी बाँचिरहेको छ भन्ने कुराले उसको आयुको निर्धारण गर्छ । शरीरमा रोग लाग्ने वा नलाग्ने भन्ने विषयसमेत ७० प्रतिशत कारण मानिसको जीवनशैलीमा निर्भर हुन्छ । त्यसैले स्वस्थ रहनका लागि व्यवस्थित जीवनशैली आवश्यक हुन्छ । किशोर अवस्थाबाटै यस्तो जीवनशैली अपनाउने बानीको विकास गर्न जरुरी छ । जसका लागि मानिसमा मात्र अठोटको खाँचो हुन्छ ।

सन्तुलित भोजन
स्वस्थ जीवनका लागि स्वस्थ र सन्तुलित आहारको आवश्यकता पर्छ । मानिसलाई दैनिक ऊर्जाको आवश्यकता हुने भएकाले ऊर्जाबद्र्धक खानाको नियमित प्रयोग गर्नुपर्दछ । जसका लागि चामल, चिउरा, गहुँ, आलुजस्ता कार्बोहाइड्रेडयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । शरीरको वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुराको पनि नियमित प्रयोग गर्नुपर्छ । एउटै खानेकुरा धेरै खानुभन्दा थोरै–थोरै तर भेराइटी खानु शरीरका लागि स्वस्थकर मानिन्छ । बेलुकीको समयमा हल्का खालका खानेकुरा प्रयोग गर्नुपर्छ । मानिसलाई ठोस पदार्थका साथै झोल पदार्थको पनि आवश्यकता पर्छ । प्रशस्त मात्रामा पानी, ताजा जुस, मोही पिउनुपर्छ ।

शारीरिक क्रियाकलाप
हिँड्नु, दगुर्नु, भर्‍याङ चढ्नु, खेतबारीका काम गर्दा शरीरको बल प्रयोग हुन्छ । खेल्नु, योगा, प्रणायाम गर्नु, ट्रेड मिलमा हिँड्नु, साइक्लिङजस्ता क्रियाकलाप गर्दा पनि शरीरलाई फाइदा पुग्छ । स्वस्थ रहनका लागि दैनिक करिब ४५ मिनेट सक्रिय व्यायाम गर्नुपर्छ । सक्रिय व्यायाम भन्नाले कुद्ने, उफ्रिने, छिटोछिटो हिँड्ने, बास्केटबल, भलिबल, फुटबल, ब्याडमिन्टन, टेनिस, कबड्डी, पौडीजस्ता विभिन्न खेल खेल्ने आदि हुन् । यस किसिमको व्यायामले मुटु, फोक्सोलगायत शरीरका विभिन्न अंगको कार्यक्षमता बढाउँछ ।

सकारात्मक विचार
स्वस्थ जीवनशैलीका लागि सकारात्मक विचार पनि अत्यावश्यक हुन्छ । सकारात्मक सोचले मानिसलाई स्वस्थ राख्नुका साथै मित्रता बढाउन र सफल हुन पनि मद्दत्त गर्छ । नकारात्मक सोच राख्ने मानिसले हरेक काममा समस्या देख्छ तर सकारात्मक सोच भएकाले भने त्यही काममा अवसर । सकारात्मक सोच राख्ने व्यक्ति सधैँ सुखी र खुसी रहन सक्छ । यसले मानिस स्वस्थ रहनका लागि सहयोग गर्छ ।

ध्यान दिनैपर्ने
पोषणयुक्त तथा सन्तुलित आहार उचित प्रयोग, आवश्यक मात्रामा शारीरिक क्रियाकलाप, स्वच्छ वातावरण, पर्याप्त आराम, तनावको उचित व्यवस्थापन, सकारात्मक सोचको विकास, खुसी रहने र आत्मसन्तुष्टि लिने प्रयास ।

डा. अरुणा उप्रेती-जनस्वास्थ्यविज्ञ


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार






स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs