मदिरा कसैलाई छिटो र कसैलाई ढिलो लाग्नुका कारण

मदिरा पिउँदा चियर्स किन गरिन्छ ?

एजेन्सी । मदिरा पिउँदा चियर्स किन गरिन्छ ? थाहा पाउनु भएको छैन भने अब थाहा पाउनुस् । तपाईं पनि पिउनु हुन्छ भने साथीहरुको अगाडि गफ दिन सजिलो हुन्छ यो थाहा पाएपछि । बरु सितन बिर्सिएला तर रक्सी खाँदा चियर्स गर्न भने बिर्सिइन्न । हरेकपल्ट साथीभाई बसेर रक्सी खाँदा पहिलो घुट्को (सिप) गर्नु अगाडि बोलिन शब्द हो– चियर्स ।तर यो चियर्स शब्दको अर्थ के होला त ? यो कुरा भने कमैलाइ थाहा छ । अझ संसारमा रक्सी खानुपूर्व चियर्स कहिलेदेखि शुरु भयो होला भन्ने बारेमा पनि त्यति जानकारी पाईंदैन । त्यसो त संसारमा रक्सी कहिलेदेखि खान थालियो भन्ने पनि जानकारी पाइँदैन ।

रक्सी खाँदा सँगै बसेकाहरुले गिलास हातमा उठाएर चियर्स भन्ने गर्दछन् । तर चियर्स भनिसकेपछि एक घुटको नपिईकन त्यत्तिकै भूईमा राख्नुहुन्न भन्ने मान्यता छ । नयाँ सिकारुहरुले त्यसरी जिब्रोले नचाखि तल राख्न त्यो गर्नुहुन्न भन्छन् बानी परेकाहरु ।चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरु पाइन्छन् । एउटा चर्चित भनाईमा दुश्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने चलन चलेको हो ।

यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुकाबीच निकै युद्ध चर्किने गर्दथे । यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुबै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे । यसरी सम्झौता गर्दा वल्लो छेउमा बसेकाहरुले उपहार स्वरुप उतापट्टि ठूलो कचौरामा रक्सी पठाउने गर्थे । तर कहिलेकाहिँ युद्धको नियमलाई उल्लंघन गर्दै कुनै पक्षले रक्सीमा विष मिसाउने गर्ने समेत गर्थे । जसले गर्दा एकपक्षको सेनापति मर्ने अवस्था हुन्थ्यो ।

यो स्थिति देखिएपछि पछि गएर दुबै सेनापतिहरु सँगै बस्ने, दुबै कचौराको रक्सी एक अर्कामा पोखिने गरी जोडले एक अर्कामा ठोक्काउने र त्यसपछि एक घुट्को सेवन गरेर मात्रै तल राख्ने चलन चल्यो । यसो गरेको खण्डमा यदि विष नै मिलाएको भएपनि दुबै पक्ष मर्ने सम्भावना रहन्थ्यो । तर केहीले भने यसरी चियर्सको चलन चलेको स्वीकार्दैनन् । चियर्सको शाब्दिक अर्थ मुखमुद्रा हो । अर्थात् हामीले हाम्रो मुहारको मुद्रा राम्रो, हँसिलो बनाउनुलाई चियर्स भनिन्छ । पछि मध्यकालिन युगमा आईपुग्दा चियर्स निकै सम्मानित र प्रचलित चलन बन्न पुग्यो ।

राजा-महाराजाहरुका लागि को सँग चियर्स गर्ने, कसरी गर्ने कुरामा समेत नियम र संस्कारहरु बने । प्राचिन रोममा इसापूर्व ४५० वर्षमा पहिलोपटक चियर्स गरेको रेकर्ड भेटिएको एउटा पुस्तकमा उल्लेख छ । मध्यकालमा चियर्सलाई सम्मानको रुपमा लिइने र कुनै व्यक्तिलाई सजाय दिँदा चियर्स गर्न नपाईने सम्मको सजाय दिइने गरिन्थ्यो । 

१७ औं र १८ औं शताब्दीमा त चियर्स गर्ने परम्परा यति प्रचलित भयो कि पार्टीमा सबैलाई समानरुपमा चियर्स गर्न पाइएन भने त्यसले ठूलो झगडाहरु समेत निम्त्याए । सबैलाई समानरुपमा चियर्स गर्न दिए त्यो समान सम्मान गरेको प्रतिक समेत मानियो । ग्रीक कवि इयुबुलुसले प्राचिनकालमा रक्सीका बारेमा राम्रोसँग आफ्नो पुस्तकमा यसबारे वर्णन गरेका छन् ।

किन कसैलाई ढिलो, कसैलाई चाडो लाग्छ ?
कोही यस्ता हुन्छन्– जो दुई पेग मदिरा चढाउनासाथ लर्खराउन थाल्छन्, लर्बराउन थाल्छन् । तर, कोहीलाई भने दुई पेगले छुँदा पनि छुदैन र उनी पूरै होसमा रहन्छन् । अमेरिकी वैज्ञानिकले एक यस्तो जिनको खोजी गरेको दाबी गरेका छन्, जसका सहायताले किन कसैलाई रक्सी चाँडो लाग्छ, त्यो पत्ता लगाउन सकिन्छ । उनीहरुका अनुसार CYP2E1 नामक जिन १० देखि २० प्रतिशत मानिसमा पाइन्छ । यस जिनले रक्सीको लतसँग लड्न मद्दत गर्ने विश्वास पनि गरेका छन् उनीहरुले ।

नर्थ क्यारोलिना विश्वविद्यलयले भनेको छ– यस शोधको उद्देश्य मदिराको लतविरुद्ध लड्न सहयोग पु-याउनु हो । क्लिनिक एन्ड एक्स्पेरिमेन्टल रिसर्च नामक जर्नलका अनुसार मानिसलाई मदिराप्रति ज्यादा संवेदनशील बनाउन CYP2E1 जिनलाई औषधिका रूपमा दिन सकिन्छ । यसका मुख्य शोधकर्ता प्रोफेसर किर्क विल्हेल्मसन भन्छन्, ‘नशाको अचुक औषधि खोज्ने काममा हामीले अझै धेरै गर्न बाकी छ, तर मदिराले दिमागमा कुन प्रकारले प्रभावित गर्छ, त्यसबारे यस जिनमार्फत धेरै जानकारी हासिल गर्न सकिन्छ ।’ मदिरा शरीरमा प्रवेश गरेपछि यसको केही हिस्सा एक इन्जाइमद्धारा दिमागमा पुग्ने गर्छ ।

CYP2E1 जिन भएका मानिसमा मदिरा एकदम चाडै दिमागमा पुग्छ । यही जिनमार्फत कसैलाई किन रक्सी चाडै लाग्छ भन्ने कुरा बुझ्न सकिने प्रोफेसर विल्हेल्मसनको भनाइ छ । यस नतिजामा पुग्नका लागि शोधकर्ताहरुले २ सय जोडी विद्यार्थीमा प्रयोग गरिएको थियो । उनीहरू आफू मदिराको लत भएका मानिस नभए पनि उनीहरुका बाबु-आमा मध्ये एकजना भने मदिराको लतमा फसेका थिए । शोधकर्ताहरुले विद्यार्थीलाई अन्नबाट बनेको मदिरा र सोडाको मिश्रण दिएका थिए, जो औसतमा तीन पेग मदिरा बराबर थियो ।

केही अन्तरालपछि उनीहरू कस्तो अनुभव गरिरहेका छन् सोधिएको थियो । ‘नशामा थिए कि, होसमा, निद्रा लागिरहेको थियो कि जागै थिए ?’ यस्तै प्रश्न सोधिएको थियो ।शोधकर्ताहरुले यसको नतिजा CYP2E1 जिन दिएपछि विद्यार्थीमा देखिएको असरसँग तुलना गरेका थिए । यसपछि CYP2E1 जीनले व्यक्ति धेरै हदसम्म मदिराको असर बढी झेल्न सक्छन् कि सक्दैन भन्ने कुरा निर्धारण गर्छ ।

प्रोफेसर विल्हेल्मसेनले यसबारे अरू शोधको आवश्यकता देखेका छन् । ‘मदिराको लत एक जटिल रोग हो,’ उनी भन्छन्, ‘मानिस किन मदिरा पिउछन्, यसका धेरै कारण हुन सक्छन् । र, यो जिन केवल एक कारण हुनसक्छ ।’ प्रोफेसर कोलिन ड्रमन्ड भन्छन्, ‘रक्सीको वानी लाग्नुपछाडि परिवारको धेरै प्रभाव हुनसक्छ । जड्याहा आमाबाबुका सन्तान जड्याहा हुने सम्भावना चारगुणा बढी हुन्छ ।’ -एजेन्सीको सहयोगमा 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार






स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs