June 24, 2017, 4:07 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

जुन गोरुको सिङ छैन, त्यसको बिस्तारै पलाउँछ...

एउटा किसानले बिभिन्न चौपायाहरु पालेको थियो। तिमध्ये एउटा गधा पनि रहेछ। एकदिन त्यो गधा आगनछेउको इनारमा खस्यो। घरमा धेरै बर्ष काम गरेको हुनाले गधालाई सबैले माया गर्थ्ये। तर मायाले मात्र तेसलाई बचाउन सक्ने थिएन। किसानको परिवारका सदस्यहरुले छिमेकी गाउबाट क्रेन ल्याएर गधालाई इनारबाट निकाल्ने कुरा पनि सोच्ये।

तर क्रेनको खर्च गधाको मोलभन्दा निकै बदी पर्ने भयकाले त्यो idea पनि व्यावहारिक नहुने भयो। गधा एसै पनि बुढो हुन थालिसकेको थियो र घरमा tractor किनेपछी त्यो तेती काममा आयको पनी थियन । तेसैगरी घरमा खानेपानिको धारा आएपछी इनारको पनि काम सकिए जत्तिकै भएको थियो ।

यस्तै कुराले गर्दा परिवारका सदस्यहरुलाई निर्णय लिन सजिलो भयो । केहीबेरमै उनिहरु निस्कर्समा पुगे । गधा र इनार दुबै उती काममा नआयकाले दुबैलाइ त्यही पुरिदिने।

उनिहरुले गधालाई जिबनभर भारी बोकाएर आफ्नो सेवा गरेको कुरा चटक्क बिर्सिए र आफ्नो स्वार्थ हेरेर योजना पुरा गर्नका लागि इनारमा माटो खसाल्न थाले। तर धेरैबेर माटो खसाली सक्दा पनि गधा पुरिएन। उनिहरुलाई चिन्ता लाग्न थाल्यो। तर उनिहरुका सामु अर्को कुनै उपाय पनि थिएन।

तैपनी गधा पुरिएन। इनार पुरिदैँ जाँदा गधा त झनझन माथि पो आउन थाल्यो। अन्त्यमा गधा इनारबाट बाइर निस्कियो।

भएको के रहेछ भने, प्रतेक पटक माथिबाट माटो खसाल्दा गधालाई दुख्थ्यो। तर, उ चुपचाप ढाडबाट माटो झार्थ्यो र त्यो बुर्बुराउँदो माटोलाई खुट्टाले अलिकती खँद्थ्यो। तेसो गर्दा गर्दा इनार पुरिँदै गयो र उ सकुशल बाहिर निस्कियो।

गधालाई मुर्ख प्रणी मानिन्छ, तर त्यो बुढो गधाको बाँच्ने संघर्शले मनिसहरुलाई चकित पर्दियो।

शिक्षा : एस कथाबाट दुईओटा शिक्षा पाईन्छ.

पहिलो हो, स्वार्थले मनिसको बुद्धी र विवेकमा बिर्को लगाइदिन्छ। गधाले जसरी आफ्नो ज्यान जोगायो, त्यही कुरा मालिकहरुले गरेको भए उनिहरुलाई विवेकशिल मान्न सकिन्थ्यो।

दोस्रो र अझ महत्त्वपूर्ण शिक्षा हो, सदुपयोग गर्न जानियो भने ठुला समस्याहरु पनि अवसरमा पारीणत हुन सक्छन्।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार