Sunday, 19th May, 2019

सपना र गन्तब्य

डाईमण्ड राई : 

ओ... बर डाँडे साईला
कति कुध्छौ हो हतार-हतार।
उधारो सपनाको भारी बोकेर
आफ्नै धोती खुस्केको पनि
थाहा नपाउने गरी।
कुनै ज्यानमारा ब्वाँसोले लखेटे जस्तो
स्याँ-स्याँ र फ्याँ-फ्याँ गर्दै
एकोहोरो भागेको भाग्यै छौ।
केको लागी हो एति साह्रो हतार?
कस्को लागी हो यो धपेटी? 

आऊ बसौं चौतारीमा-थाक्यौ होला।
पसिना पुछ-आफ्नै दौराको फेरले।
शितल तापौं-यो बुढो बर-पिपलको।
प्यास् मेटाऊ-यही ढुंगे धाराको पानीले।
पारी सल्लाघारीबाट आ'को
बिशुद्द 'अर्ग्यानीक' हावा खाँदै
बात मारौं एकै छिन्।
आखिर हाम्रो गन्तब्य,
जो एउटै छ भने
आऊ एकै छिन्-अर्थ खोजौं बाँच्नुको।
गहिराई खोतलौं जीबनको। 

तल्लो घरको नरे अरब पस्यो
आमाको चोली टाल्छु भनेर।
एक धार्नी मासु खादा परेको
बाको ऋण तिर्छु भनेर।
हो अरब पस्यो नरे
तोतेबोली मात्र फुटेका
ती रहर लाग्दा लालाबालाको
सुन्दर भबिष्य कोर्छु भनेर।
तर फर्कियो नरे कफिनमा
आफ्नै लासको उपहार बनेर। 

सम्बृद्दी खोज्दै- खोज्दै
उहिल्यै देश छोडेको बिर्खे
यूरोप अमेरिका पुग्यो रे।
जुन तारा झार्छु भन्थ्यो त्यो।
आफ्नो मायालुको नाममा
ताजमहल खडा गर्छु भन्थ्यो।
पैसाले खुशी किन्छु भन्थ्यो।
दश देश चहार्दा पनि सायद
फेला पारेन क्यार सपनाको रंग
तब त फर्केन बिर्खे अहिलेसम्म। 

यता आमाहरू हरेक साँझ
लौरोको सहारामा मुस्किलले
आँगनको डिलसम्म पुगेर
अस्ताउन लागेको क्षितिजको
घामलाई हत्केलाले छेक्दै
आँखा बिछ्याउछन् देउरालीसम्म
कतै छोरो आयो की भनेर।
बिचरा ती कति 'बा'हरू
ऋणको भारी बिसाउनै नपाई
अनन्त यात्रामा निस्किए।

त्यसो र साइला अब
हतार नगर। धपेटी नगर।
आऊ मार थकाई - चौतारीमा!
ताप शितल - यही बुढो बर पिपलको।
मेटाऊ प्यास् - यही ढुंगे धाराको पानीले।
खाऊ एक मुठ्ठी शुद्द हावा -आफ्नै परिबेषको।
आखिर सबैको पुग्ने ठाँऊ जो एउटै छ भने।
आऊ एक क्षण बात मारौं - जीबनको।
ढिलो- छिटो होला, बाटो फरक होला
तर पुग्ने ठाँऊ जो-एउटै छ हाम्रो। 

(डाईमण्ड राई, हाल : भियाना, अष्ट्रिया)


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार







स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News