Wednesday, 20th March, 2019

सार्वजनिक क्षेत्रको सरसफाईको जिम्मा स्थानीय तहलाई

काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि ल्याएको छ । शनिबार काठमाडौंमा आयोजित बागमती सफाई महाअभियानको ३ सय औं हप्ताको विशेष कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यविधिको विमोचन गरेका हुन् ।

बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिक स्थलको अक्रिमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृति, प्राकृतिक एवं वातावरणीय सम्पदाको रुपमा रहेका सार्वजनिक स्थलहरु नदी, खोला, नाला, पोखरी, ताल तलैया, पार्क, उद्यान एवं धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहर, खुलास्थान तथा अन्य सार्वजनिक स्थलको सरसफाई थप प्रभावकारी बनाउन सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ७ अनुसार कार्यविधि ल्याएको हो ।

कार्यविधिमा विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं अन्य धरोहर तथा सडक, नदी नाला लगायतको सरसफाई गर्ने पने जिम्मेवारी गाउपालिका तथा नगरपालिकाको रहेको छ। त्यसका लागि स्थानीय सरकारले विभिन्न अभियान संञ्चालन गर्न सक्नेछन् ।

सरसफाई वृहत अभियान भएकाले कार्यविधिमा स्थानीय सरकारदेखि आम नागरिकको सक्रिय सहभागीता तथा स्थानीयतहका अन्य सरकारी कार्यालय, गैह्सरकारी संघ संस्थासँगको सहकार्य र समन्वयलाई पनि प्राथमिकता दिईएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News