Wednesday, 20th March, 2019

सरकारले वृद्ध भत्ता पाँच हजार रुपैयाँ पुराउने

काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ वृद्धभत्ता । वाम गठवन्धनले गत चुनावमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुराउने घोषणा गरेको थियो तर गत आर्थिक वर्षको वजेटमा वृद्ध भत्ता अलिकति पनि बढाइएको थिएन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले १९ माघमा सिराहा पुगेर वृद्धभत्ता बढाइने घोषणा गरेका थिए । उनले भत्ता कति बढाउने चाहिँ खुलाएका थिएनन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि वृद्धभत्ता बढाइने बताएका छन् । पोखरेलले काठमाडौं महानगरपालिकाले बनाएको वडा कार्यालय भवन उदघाटन समारोहमा वृद्ध भत्ता बढाइने घोषणा गरेका हुन् । 

सिराहामा प्रधानमन्त्री ओलीले झैं काठमाडौंमा उपप्रधानमन्त्री पोखरेलले पनि वृद्ध भत्ता कति बढाइने भन्ने चाहिँ खुलाएनन् । आउँदो १ फागुनबाट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको उनले जानकारी दिए । 

वृद्धभत्ता सम्वन्धमा उपप्रधानमन्त्री पोखरेलले भने– ‘सरकारले सामाजिक सुरक्षा र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्दै ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा कार्यक्रम सुरु गरिसकेको छ । अब वृद्धभत्ता बढाइने छ ।’ 

‘चुनावमा वाचा गरे अनुसार यो सरकारले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुराउने छ’– पोखरेलले भने । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News