Friday, 15th November, 2019

कफीगफ स्वादमा ‘कोरियाना’ लिएर आए नारायण वाग्ले

काठमाडौं  पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।  पब्लिकेशन्स नेपालयको सुरुवात नै वाग्लेको पहिलो उपन्यास ‘पल्पसा क्याफे’बाट भएको थियो ।

त्यसले साहित्यिक कृतिहरुको नयाँ पाठक घेरा जन्माउनुका साथै थुप्रै मानकहरु तयार पारेको थियो। नेपाली साहित्यलाई नयाँ युग सुहाउँदो हुनेगरि त्यस पुस्तकको प्रवर्द्धनले पनि आधुनिक बाटो अख्तियार गरेको थियो जसले पछिल्लो समयमा आम प्रवृत्तिकै रुप लिनपुग्यो ।

यसपाला भने उनै वाग्लेको पछिल्लो कृतिलाई उही पब्लिकेशन्स नेपालयले कुनै पनि औपचारिक विमोचन समारोह नराखेर सार्वजनिक भएको घोषणा गर्दैछ । वाग्लेले समाचार कक्षभन्दा बाहिर गरेका साहित्यिक सिर्जनाका प्रतिफल अघिल्ला दुई पुस्तक भएता पनि यो पुस्तक भने उनले समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित छ।

यो पूर्व प्रकाशित कफीगफहरूको संग्रह नभई केहि समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको बेग्लै कृति हो। त्यसैले पाठकहरूले यसलाई वाग्लेको अघिल्ला दुई उपन्यास भन्दा बेग्लै ‘सिर्जनशील गैरआख्यान’ पुस्तकका रुपमा पाउनेछन्।

गैरआख्यान भएता पनि यसमा उपन्यासका पाठकहरूले आख्यानको आनन्द पनि पाउन सक्ने वाग्ले बताउँछन्। अढाइ दसकभन्दा लामो समय पत्रकारिताको ब्यस्त घेरामा बिताएका वाग्लेले समाचार कक्षसम्म आइपुग्ने नेपाली समाजका विभिन्न चित्र र चरित्रलाई सुक्ष्म विश्लेषण गरिसकेपछि त्यसैको ‘बाइ प्रोडक्ट’का रुपमा लेखकीय शिल्प अनि कल्पनाशिलता प्रस्तुत गर्दैआएका छन्।

पुस्तकलाई पब्लिकेशन्स नेपालयले नियमित बिक्री वितरण प्रणालीमार्फत् मुलुकभर फिजाउने योजना तय गरेको छ। त्यसको निम्ति भोलिदेखि देसभरका सबैजसो महत्वपूर्ण पुस्तक पसलहरूमा यो उपलब्ध हुने तयारीमा छ । मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखिएको छ । यो परम्परागत बिक्री प्रणालीबाहेक यसपटक पब्लिकेशन्स नेपालयले इच्छुक पाठकहरूका निम्ति घरैमा पुस्तक लगिदिने चाँजोपाँजो पनि मिलाएको छ ।

त्यसको निम्ति कुनै पनि पाठकले कम्प्युटर वा मोबाइलको एक क्लिकबाटै यो सेवाको आनन्द लिन सक्नेछन्। इन्टरनेटमार्फत् ‘थुप्रै डट कम’ (www.thuprai.com), ‘किताब यात्रा डट कम’ (www.kitabyatra.com) र ‘सस्तो बुक डट कम’ (www.sastobook.com) जुनसुकैमा गएर यसको अर्डर गर्ने हो भने पाठकले दिएको ठेगानामै पुस्तक उपलब्ध हुनेछ। यस्तो सेवा मुलुकका सबैजसो प्रमुख सहरहरुमा उपलब्ध छ। त्यसबाहेक यसलाई संसारभरि अमेजनमार्फत् पनि उपलब्ध गराइसकिएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार







स्वास्थ्य

सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत...


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको...


काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट...


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको...


काठमाडौं । कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर अर्थात आईपीओ...


More News