Monday, 20th May, 2019

देशभरका सबै अस्पतालमा सेवा बन्द

काठमाडाैं  सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा पारेर शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । चिकित्सकलाई स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दबाब दिँदै आएका आन्दोलनरत सरकारी चिकित्सकहरुले देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन् ।

उनीहरुले शुक्रबार बिहान करीब १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बन्द गरेका थिए । स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकाससमेत नहुने गरी ल्याएको ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालको सेवाहरु बहिष्कार गर्नु परेको सरकारी चिकित्सक संघ, नेपालका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए ।

सरकारी चिकित्सकहरुले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत १ महिनायता विरोध प्रदर्शन र धर्नासहितको कार्यक्रम गर्दै आएका थिए । अध्यक्ष पाण्डेले सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरुको माग सुनुवाई नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सुरु गर्नुपरेको स्पष्ट पारे ।

सरकारी चिकित्सकहरुले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिँदै आएका छन् ।उता शुक्रबार वीर अस्पताल पुगेका बिरामीहरुले आफूहरुलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन्

अस्पतालमा पुगेका बिरामीहरुले आफूहरु अस्पताल आएको तर टिकट काउन्टर नै बन्द भएको भन्दै गुनासो समेत गरेका छन्। अस्पताल आएका बिरामीहरुले उपचार गर्नसमेत नपाउने अवस्था आएकोमा आपत्ति जनाएका छन्।

सरकारले स्थानीय तहको मातहत रहने व्यवस्थासहित निजामती कर्मचारी ऐन ल्याएपछि त्यसलाई सच्याउन माग गर्दै सरकारी चिकित्सकहरुले आन्दोलनको कार्यक्रमलाई झनै सशक्त बनाउँदै लगेका हुन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News