Monday, 20th May, 2019

पहिलोपटक बर्डफ्लूबाट एक व्यक्तिको मृत्‍यु

काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको छ । काभ्रे घर भएका २१ वर्षे युवकको बर्डफ्लूका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । युवकको नाम खुलाइएको छैन ।

बर्डफ्लू (एचफाइभएनवान) नेपालमा मान्छेमा पहिलो पटक देखिएको हो । काभ्रेका ती युवक चैतमा रुघाखोकी तथा लगातार ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल पुगेका थिए । टेकुमा उनको र्याल परीक्षणका लागि लगिएको थियो ।

१० चैतमा उपचारका लागि अस्पताल पुगेका युवकको भने १५ चैतमा नै मृत्यु भइसकेको थियो । टेकुको प्रयोगशालाले उनको र्यालमा भएको भाइरस पत्ता लगाउन नसकेपछि त्यसको स्याम्पल परीक्षणका लागि जापान पठाइएको थियो ।

जापानबाट प्राप्त रिपोर्टमा उनलाई बर्डफ्लू भएको प्रमाणित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्  । पछिल्ला केही महिनायता नेपालका विभिन्न ठाउँमा बर्डफ्लू देखिएको भन्दै हजारौँ कुखुरा नष्ट गरिएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News