Monday, 17th June, 2019

चितवनको मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण

काठमाडौं  चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ । करिब चार वर्षअघि नै लाइसेन्स पाएको कलेजले तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो ।

गत सोमबार प्राडा राकेश बर्माको टोलीको साढे तीन घन्टा लगाएर भक्तपुर-६ निवासी ५४ वर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ वर्षीय आफ्ना भान्जा रिजनवीर जोशीले मिर्गौला दिएका हुन् ।

‘प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ। हामी खुसी छौं,’ डा बर्माले भने। उनले अब दोस्रो केस पनि छिट्टै गर्ने बताए । प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा प्रवीण जोशी, डा सुदीपराज केसी, डा भुषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादवलगायतको टोली खटिएको डा बर्माले बताए ।

प्रत्यारोपणपछि उत्साहित भएका डा बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने बताए । उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामा निरन्तरता दिने बताए । ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा बर्माले भने ।

यसअघि उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए । यता प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले उपत्यकाबाहिर प्रत्यारोपण सुरु हुनु राम्रो काम भएको बताए ।

उनले आफ्नो अस्पतालको टोली गएर पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुसी व्यक्त गरे ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News