धुर्मुस-सुन्तलीलाई साउदीबाट उठ्यो ५१ लाख सहयोग

काठमाडौं, १० मंसिर । तराईको रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागी सहयोग संकलन गर्न साउदी अरव पुगेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले ५१ लाख सहयोग संकलन गरेका छन् । धुर्मुसले फेसबुक स्ट्याटस राख्दै उक्त सहयोग संकलन भएको जानकारी दिएका हुन् ।

धुर्मुसको स्ट्यासमा लेखिए अनुसार नोभेम्बर १७ मा रियादमा भएको ‘धुर्मुस सुन्तली साँझ’ बाट झण्डैं ७२ हजार ३ सय ४७ रियाल संकलन भएको थियो भने साउदी अरब स्थित रियाद, हापुफ, दबाम, जुवेल लगायतका स्थानहरुबाट १ लाख १४ हजार ८१ रियाल संकलन भएको हो ।

धुर्मुस सुन्तलीले साउदी अरवबाट जम्मा १ लाख ८६ हजार ४ सय २८ रियाल अर्थात नेपाली ५१ लाख ६ हजार २ सय ६२ रुपैंया सहयोग संकलन गरेका छन् । ‘साउदीबाट नसोचेको सहयोग प्राप्त भयो’ धुर्मुसले हर्षित मुद्रामा भने ‘यो सहयोगले हामीलाई खुसी मात्र दिएको छैन् भावुक पनि बनाएको छ ।’

उनले स्ट्याटस मार्फत सम्पुर्ण सहयोगीलाई धन्यवाद दिँदैं साउदी बासीहरुबाट अझै सहयोगको अपेक्षा लिएको जानकारी दिएका छन् । धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती करिव ६ करोडको लगानीमा निर्माण हुँदै छ ।

बस्ती निर्माणका लागि सहयोग संकलन जारी रहेपनि अझै फाउण्डेशनलाई २ करोड ९४ लाख सहयोगको अभाव रहेको छ । धुर्मुसका अनुसार यो बस्ती निर्माणका लागि ठिलो गरि सहयोग संकलन भएपनि समयमानै बस्ती निर्माण सम्पन्न गरि पिडितहरुलाई हस्तान्तरण गरिनेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs