साउदी जेलमा रहेका भुसाल घर फर्किन पाउने

काठमाडौं । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासीका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ ।

मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनसँग ठोक्किएर एक जनाको ज्यान गएको थियो । उक्त घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख बढी रकम तिर्नुपर्ने अन्यथा आजीवन काराबासको सजाय भोग्नुपर्ने फैसला गरेको थियो ।

भुसालको आर्थिक अवस्था कमजोर रहेका कारण ‘ब्लड मनी’बापतको रकम तिर्न नसक्ने अवस्थालाई ध्यानमा राखी वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले भुसालको परिवारसँगको समन्वयमा सो रकम जुटाउन कोष खडा गरी अभियान सञ्चालन गरेको थियो ।

कोषमा देश विदेशबाट गरी रु ४५ लाख ८५ हजार २४३ जुटेकाले अब सहयोग उठाउने कार्य बन्द गरिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, “कोषको नाममा रहेको खातामा रु २३ लाख १५ हजार २४३ जम्मा भइसकेको छ । कोषमा जम्मा नभए पनि रु २२ लाख २७ हजार विभिन्न निकाय र संघसंस्थाले दिने घोषणा गरेका छन् । यो रकम जोड्दा ४५ लाखभन्दा बढी हुन्छ ।”

पिएनसिसीका महासचिव सोमा लामिछानेले कोषमा जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गरी भुसाललाई नेपाल फर्काउन प्रक्रिया शुरु गरिने जानकारी दिइन् । भुसाल विसं २०६७ असोजमा चालकको काम गर्न साउदी अरब गएका थिए । साउदी पुगेको १० महिनापछि उनले चलाइरहेको गाडीलाई पछाडिको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनको गाडी हुत्तिएर अगाडि रहेको अर्को गाडीमा ठोक्किँदा अगाडिको गाडीमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो ।

साउदी नागरिकको मृत्युपछि त्यहाँको अदालतको सुनुवाइका क्रममा भुसाल र गाडीलाई पछाडिबाट ठक्कर दिने गाडीका चालक गरी दुई जनाले गरी साउदी रियाल तीन लाख अर्थात् करिब रु ९० लाख नेपाली तिर्नुपर्ने फैसला अदालतले गरेको थियो । अदालतको फैसलाअनुरुप भुसालले क्षतिपूर्तिबापतको आधा ४५ लाख तिर्नुपर्ने र नतिरेमा आजीवन जेलजीवन बिताउनुपर्ने थियो । रासस

 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs