तीन महिलाको भारतबाट उद्धार

चितवन । एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा उनीहरुको उद्धार गरिएको हो ।  उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ ।

पछिल्लोपटक मंगलबाट मात्रै एकजना चेलीको उद्धार गरी चितवन ल्याइएको छ । यो आर्थिक वर्ष लागेपछि साउनदेखि अहिलेसम्म पाँच चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिए । एकजनाको आफ्नै श्रीमान्ले नै भारत पुर्याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार गरिएको घिमिरेले बताए । 

एकजना किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामा सम्पर्कमा आउन सफल भएपछि  उद्धार गरिएको बताइएको छ । उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs