पोर्चुगलमा नेपाली दम्पतीको बिचल्ली

लिस्बन/पोर्चुगल । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् । आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् ।
चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गौला बिग्रेपछि दुई महिनादेखि ओछ्यानमै छिन् । गत माघ २६ गते बिहान उठ्न खोज्दा देब्रेतर्फको शरीरको एक हर नचल्ने, मुखबाट र्याल मात्र बग्ने र बोल्नसमेत नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पुर्याएकी थिइन् ।
चन्द्रकिशोर दम्पतीको जीवनरक्षाका लागि विश्वभर रहेका सबै नेपालीलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको थपलियाले बताए । उनीहरुको औषधोपचार र सहयोगका लागि आफूहरु संस्थागत रुपमा लागिपरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताए । यहाँको सरकारीस्तरबाट पाउनसक्ने सेवा सुविधा र औषधि उपचारका लागि पनि पहल भइरहेको उनले बताए । रासस

काठमाडौं। हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार (हाउससमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार...

काठमाडौं । बाजेको सेकुवाले अमेरिकामा आउटलेट खोलेको छ । अमेरिकाको न्यूर्योकस्थित क्विन्स सन्निसार्इडमा नयाँ वर्षको अवसरमा नयाँ आउटलेट संचालनमा आएको हो । बाजेको सेकुवाका अमेरिकाका...

क्यानवेरा । कामदार भिजामा अस्ट्रेलिया जान पाइने बिभिन्न भ्रमपूर्ण बिज्ञापनको पछि नलागी सत्य तथ्य बुझेर मात्र अस्ट्रेललिया आउन नेपाली दुतबासले अनुरोध गरेको छ ।तपाईहरु धन कमाउने आशमा...

काठमाडौं । हङकङमा बसोबास गरिरहेका मचिन्द्र मादेन लिम्बुले पैसाको निहुँमा आफ्नै बुबाको हत्या गरेका छन् । क्यान्टोन रोड मोङ्कोकमा बस्दै आएका ३२ वर्षीय मछिन्द्रले आइतबार अपरान्ह ३ बजे...

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली...

बेनी । रोजगारीका लागि मलेशिया पुगेका म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२, रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ...