पैसाको निहुँमा आफ्नै छोराद्वारा बाबुको हत्या

काठमाडौं । हङकङमा बसोबास गरिरहेका मचिन्द्र मादेन लिम्बुले पैसाको निहुँमा आफ्नै बुबाको हत्या गरेका छन् । क्यान्टोन रोड मोङ्कोकमा बस्दै आएका ३२ वर्षीय मछिन्द्रले आइतबार अपरान्ह ३ बजे छुरा प्रहार गरी बुबा बाबुराम मादेन लिम्बुको हत्या गरेका हुन्।

पैसाको विषयमा विवाद बढ्दै गएपछि मचिन्द्रले भान्साबाट छुरा उठाएर बाबुमाथि अन्धाधुन्ध प्रहार गरका थिए। छुराको चोटले बाबु ढलेपछि ढोकाको ताल्चा लगाएर उनी भागेका थिए । मचिन्द्रलाई प्रहरीले गएराती नै पक्राउ गरिसकेको छ। उनी याउमातेइबाट पक्राउ परेका हुन् ।

अत्याधिक रक्तस्रावका कारण बाबुरामको मृत्यु भएको थियो । कियाचु हङकङका उपाध्यक्ष शेर लक्सम्बाका अनुसार कन्स्ट्रक्सनमा काम गर्ने मचिन्द्रले छुट्टीको दिन तासमा पैसा हारेपछि बुबासँग पैसा मागेका थिए। त्यसपछि उनीहरुबीच विवाद उत्पन्न भएको थियो। बाबु–छोरा दुवैले केही मात्रामा मादक पदार्थ सेवन गरेका थिए।

घटनाको अढाई घन्टापछि मात्रै प्रहरीले सूचना पाएको थियो। पाँचौ तल्लामा रहेको उक्त घटनास्थलमा प्रहरी र अग्निनियन्त्रक हरुको टोली ढोका फोरेर भित्र प्रवेश गरेको थियो। भित्र रगतको आहालमा घाइते बाबुराम लडिरहेका थिए। उनको उद्धार गरी नजिकैको कुङ्वा अस्पताल पुर्‍याइएको थियो। जहाँ उनको राती १ बजे मृत्यु भएको थियो।

मृतक बाबुराम नेपालको झापास्थित विर्तामोड निवासी हुन्। उनीहरुको पुर्ख्यौली घर भने ताप्लेजुङको फुङलिङ हो। उनी तीन छोराका साथ हङकङमा बसोबास गर्दै आएका थिए। बुबालाई छुरा प्रहार गर्ने मचिन्द्र बाबुरामका जेठा छोरा हुन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs