भ्रमपूर्ण विज्ञापनको भर नपर्न आग्रह

क्यानवेरा । कामदार भिजामा अस्ट्रेलिया जान पाइने बिभिन्न भ्रमपूर्ण बिज्ञापनको पछि नलागी सत्य तथ्य बुझेर मात्र अस्ट्रेललिया आउन नेपाली दुतबासले अनुरोध गरेको छ ।तपाईहरु धन कमाउने आशमा अष्ट्रेलिया आउन चाहनुभएको छ भने सावधान रहन समेत भनेको छ ।

यतिवेला गठहरुले आकर्षक रोजगारीको नाममा भ्रामक रुपमा विज्ञापन तथा प्रचारप्रसार गरिरहेका छन् । तर, ठगिने भएकोले यस्ता भ्रामक विज्ञापनहरुको विश्वास नगर्न अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले सचेत गराएको छ ।विज्ञापनको भर पर्दा कतिपय ठगिएको र ठगिने डर भएकोले यस्ता विज्ञापनको भर नपर्न दूतावासले सतर्क गराएको हो ।

दूतावासले विज्ञप्ति निकाली यस्ता विज्ञापनहरु गठी गर्ने नियतले गरेको भन्दै विज्ञापनको भ्रममा नपर्न नेपालीहरुलाई आग्रह गरेको छ । हालसम्म अष्ट्रेलिया सरकार र नेपाल सरकारवीच अष्ट्रेलियामा नेपाली कामदार ल्याउने सम्बन्धमा कुनै सहमति र सम्झौता नभएको समेत दूतावासले स्पस्ट पारेको छ ।

साथै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुभन्दा पहिले अध्ययन गर्न चाहेको शैक्षिक संस्था, आवास एवंम सामाजिक र आर्थिक वातावरणको सम्बन्धमा जानकारी लिएर मात्रै आउन दूतावासले अनुरोध गरेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs