नेपालीले पाएको टीपीएस सुविधा खारेजको औपचारिक घोषणा

काठमाडौं । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने औपचारिक घोषणा गरेको छ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै ९ हजार नेपालीहरुले संकटको सामना गर्नुपर्ने भएको छ भने कैयनले देशनिकाला हुनुपर्नेछ ।

होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले देशनिकालाका लागि योग्य टीपीएस प्राप्त नेपालीहरुलाई अमेरिका छाड्नका लागि एकबर्षको ग्रेस अवधि दिएकी छिन् । जस अन्तरगत सन् २०१९ को जुन २४ पछि उनीहरुले अमेरिका छाड्नुपर्नेछ । नेपालले आफ्ना देशका नागरिकलाई पूर्णतया सम्हाल्न सक्ने अवस्थामा आइसकेको उल्लेख गर्दै टीपीएसको अवधि नथप्ने घोषणा गरिएको हो । २०१५ को महाभूकम्पपछि नेपालको अवस्थामा उल्लेख्य सुधार आएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

टीपीएसमा रहेका नेपालीहरुले एकबर्षको अवधिमा अमेरिकामा अन्य अध्यागमन सुविधा खोज्नसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सन् २०१९ को जुन २४ सम्म अमेरिकामा टीपीएसमा रहेर काम गर्न पहिले नै टीपीएस प्राप्त गरेकाहरुले पुन वर्क परमिटका लागि आवेदन दिनुपर्नेछ भने टीपीएस पनि पुनदर्ता गर्नुपर्नेछ ।

त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले छुट्टै सुचना जारी गर्नेछ । झण्डै १४ हजार नेपालीहरुले अमेरिकामा टीपीएस सुविधा लिएकोमा नविकरणका लागि झण्डै ९ हजार नेपालीहरुले योग्य थिए । अब टीपीएस नथपिएपछि त्यसमध्ये झण्डै १५ सय नेपालीहरुले एकैपटक देशनिकालाको सामना गर्नुपर्नेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs