मलेसियामा बस दुर्घटना हुँदा ३६ नेपाली घाइते

काठमाडौँ । मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बोकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५ः३० बजे दुर्घटना भएको हो ।

उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । ‘मेरो टाउकोमा सामान्य चोट लागेको छ,’ दुर्घटनामा घाइते भएका दाङका सागर मगरले भने, ‘अहिले उपचार भइरहेको छ ।’ घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए ।

घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । ‘म तरकारी किन्न जाँदै थिए । साथीहरु दुर्घटनामा परेर सडक छेउमा लडिराख्नुभएछ । केही मात्रै गम्भीर घाइते भएको देखिन्छ । अरु सामान्य घाइते देखिए,’ उप्रेतीले भने ।

प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् । ‘कम्पनीमा अरु खालको समस्या त खास छैन,’ उनले भने, ‘यही डिउटी जानआउने बेला अलि डर हुन्छ ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs