अमेरिका छिर्न खोज्ने २८८ नेपाली सिमानामा पक्राउ

काठमाडौं । सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्ने क्रममा अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सनले आर्थिक बर्ष २०१८ सुरु भएयता २८८ जना नेपालीहरुलाई पक्राउ गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा धेरै गतमार्चमा पक्राउ परेका छन् ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा सीबीपीले ३२ जना नेपालीहरुलाई पक्राउ गरेको थियो भने नोभेम्बरमा ३३ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै डिसेम्बरमा सीबीपीले पक्राउ गरेका नेपालीहरुको संख्या १३ मात्र रहेको थियो ।

गत जनवरीमा सीबीपीले ३४ जना नेपालीहरुलाई पक्राउ गरेकोमा फरबरीमा यो संख्या ह्वात्तै बढेको थियो । फरबरीमा सीबपीपीले ६४ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । मार्चमा भने सीबीपीले ८५ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै अप्रिलमा सीबीपीले २७ जना नेपालीहरुलाई पक्राउ गरेको थियो ।

गतआर्थिकबर्ष २०१७ को अगस्त सेप्टेम्बर बाहेक अन्य १० महिनामा सीबीपीले ४९६ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक बर्ष २०१६ मा सीबीपीले ५५१ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । आर्थिक बर्ष २०१५ मा ४०९ जना नेपालीहरु सीबीपीको फन्दामा परेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs