एनआरएनएको छैटौं मध्यपूर्व क्षेत्रीय बैठक सम्पन्न

दुबई । गैरआवासीय नेपाली संघको छैठौं मध्यपूर्व क्षेत्रीय बैठक १६ बुँदे घोषणापत्र जारी गर्दै युएईको दुबईमा सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दुबई घोषणापत्र मार्फत माग गरिएको छ ।

नेपाल सरकारले लागू गरेको शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउने नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सम्बन्धित मुलुकसँग यथाशीघ्र श्रम सम्झौता गर्न घोषणापत्रमार्फत आग्रह गरिएको छ । दक्ष र अभिमुखीकरण तालिम दिएर मात्रै विदेश पठाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगीबाट जोगाउन नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्नुपर्ने एनआरएनएको मागलाई सरकारले सम्बोधन गरेको भन्दै बैठकले कागजातविहीन प्रणालीमार्फत यसलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि घोषणापत्रमार्फत माग गरिएको सम्मेलनमा सहभागी एकजना एनआरएन निरन्जन सिलवालले जानकारी दिए । बिदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारले चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन पनि सरकारलाई आग्रह गरिएको छ ।

विदेशबाट फर्केका महिलालाई स्वदेशमै पुनस्र्थापना गर्न प्रशिक्षण र रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्नुपर्नेमा बैठकले जोड दिएको छ । हजारभन्दा बढी महिला कार्यरत देशमा आवश्यकता अनुसार संंरक्षण गृह बनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सामाजिक सुरक्षा ग्यारेन्टीको लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्बर्धन एवं प्रवद्र्धनका लागि नेपाली दूतावासको संरक्षकत्वमा रहने गरी नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्न परराष्ट्र, श्रम र गृह मन्त्रालयबीच समन्वय प्रभावकारी बनाउन एकीकृत विद्युतीय सूचना प्रणाली लागू गर्न र वैदेशिक रोजगारीबाट फर्केका कामदारको दक्षतासहितको अभिलेख राख्न अनुरोध गर्ने बैठकको निर्णय छ ।

भिजिट र कथित आजाद भिसाको नाममा कारोबार गर्ने र कामदारलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी र व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्नुपर्नेमा घोषणापत्रमार्फत जोड दिइएको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन सर्वोच्च अदालतले गरेको आदेश कार्यान्वयन गर्न पनि बैठकले अनुरोध गरेको छ ।

युएईको दुबई, लेबनान र इराकमा महावाणिज्यदूतको कार्यालय तथा पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी राख्न सरकारलाई गरिएको छ । विदेशी जेलमा रहेका कामदारको यथाशीघ्र कानुनी प्रतिरक्षा गर्नुको साथै कोमामा रहेका नेपालीलाई स्वदेश लगी उचित स्वास्थ्य उपचारकोे प्रबन्ध मिलाउन बैठकले अनुरोध गरेकोे छ ।

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको सीप र दक्षता परीक्षण गरी १० लाख रुपैयाँ ऋण दिने सरकारको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्र्नुपर्नेमा बैठकले जोड दिइएको छ ।

गैरआवासीय नेपालीको परिभाषाभित्र पर्न दुई वर्ष विदेशमा बस्नुपर्ने वर्तमान प्रावधानमा सुधार गरी अन्तर्राष्ट्रिय प्रचलन अनुसार एक वर्षमा १८२ दिनभन्दा बढी विदेश बसेको हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

साथै, गैरआवासीय नेपाली अभियानमा सक्रिय रुपमा संलग्न भई नेपाल फर्केका इच्छुक अभियन्तालाई गैरआवासीय नेपाली संघको क्रियाकलापमा संलग्न गराउन अन्तर्राष्ट्रिय समन्वय परिषदलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ । मध्यपूर्वका पर्यटकलाई नेपाल लैजान एनआरएनएले पर्यटन मन्त्रालयसँग सहकार्य गर्ने बैठकको निर्णय छ ।

गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय बैठकहरुले उठाउँदै आएका, घोषणा गरेका मुद्दालाई कार्यान्वयन गर्न क्षेत्रीय संयोजकको संयोजकत्वमा प्रत्येक राष्ट्रिय समन्वय परिषद्का अध्यक्षको समेत प्रतिनिधित्व रहने एक समिति गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs