विषाक्त रक्सी सेवनले मलेसियामा ४ नेपालीको मृत्यु

काठमाडौं  मलेसियामा विषाक्त रक्सी सेवन गर्दा १५ जनाको मृत्यु भएको छ। विषाक्त रक्सी सेवन गरी बिरामी परेका अन्य ३३ जनाको बिरामीको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको त्यहाँको प्रहरीले उल्लेख गरेको छ ।  

मंगलबार बेलुकासम्ममा १५ जनाको मृत्यु भएको समाचार मलेसियाली समाचार संस्था 'द स्टार' ले उल्लेख गरेको छ । यीमध्ये कम्तीमा पनि चार जना नेपालीके मृत्यु भएको छ। मृत्यु भएकामध्ये दुई जनाको नेपालीको नाम खुलेको छ। मृत्यु हुने नेपालीको संख्या बढ्न सक्ने मलेसियस्थित नेपाली दूतावासले जानकारी दिएको छ। 

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ। अन्य दुई जना नेपाली आधिकारिक विवरण लिने प्रयास जारी रहेको कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन्।  

मृत्यु हुनेमा एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिक रहेका छन् ।विषाक्त रक्सी सेवनका कारण १६ जना बिरामी परेका छन्। तीमध्ये १३ जना नेपाली कामदार रहेका दूतावासले  बताएकाे छ। उनीहरुकाे मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहकाे छ। बिरामीकाे अवस्था सामान्य रहेकाे अस्पतालले दूतावासलाई जानकारी गराएकाे खरेलकाे भनाइ छ। 

मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप जानकारी लिइरहेकाे दूतावासले उल्लेख गरेकाे छ। नेपाली कामदारको मृत्युका विषयमा मलेसियास्थित नेपाली दूतवासले जानकारी लिइरहेकाे बताएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs