निर्मलाका निम्ति न्याय माग्दै अमेरिकामा प्रदर्शन

काठमाडौं । कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि उनको परिवारले न्याय नपाएको आक्रोश अमेरिकामा पनि पोखिएको छ । अमेरिकामा  संयुक्त राष्ट्र संघको भवन बाहिर त्यहाँ रहेका नेपालीले निर्मलाका लागि न्याय माग्दै प्रदर्शन गरेका छन् ।

सहभागी नेपालीहरुले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेका थिए । उनीहरुले हामी न्याय चाहन्छौं भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । निर्मला पन्तको हत्यामा सरकार अहिलेसम्म अपराधीको नजिक पुग्न नसकेको र प्रहरीको गैरजिम्मेवार सुरुवाती कदम प्रति पनि आक्रोश पोखेका थिए।

निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा गृह एवं प्रहरी प्रशासन मिलेर प्रमाणहरु नष्ट पारेको सार्वजनिक भएको छ । नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै सरकारले शान्ति स्थापना गर्न नसकेको भन्दै अमेरिकामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् ।  

नेपालमा बढेको बलात्कार र हत्याविरुद्ध उनीहरु खरो भएर उत्रिएका थिए । उनीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs