Wednesday, 20th March, 2019

कोठीमा बेचिएका ५ नेपाली युवतीहरुको उद्धार

काठमाडौं । भारतको उत्तर प्रदेश आगराको कोठीमा बेचिएका ५ नेपाली युवतीको उद्दार भएको छ । माईती इन्डियाका संयोजक बालकृष्ण पाण्डेको पहलमा नेपाल प्रहरीले उनीहरुको उद्दार गरेको हो । भारतीय विशेष अदालत र जिल्ला अदालतको आदेशमा नेपाल ल्याईएको हो।

नक्कली दलालहरुले भारतमै नक्कली बाबुआमा बनेर उद्दारको नाटक गरी फेरि अर्काे कोठीमा बेचिएका उनीहरुलाई भारतीय विशेष अदालत र जिल्ला अदालतको आदेशमा नेपाल ल्याइएको हो । प्रहरीको अपराध अनुसन्धान विभागका एआइजी पुष्कर कार्कीको निर्देशनपछि मानव बेचबिखन तथा ओसारपसार ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्की र एसपी कृष्णहरी शर्मा उनीहरुको उद्दारका लागि खटिएका थिए।

माइती इन्डियाका बालकृष्णका अनुसार परिवारलाई हस्तानान्तरण अघि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पीडित युवती र परिवारका सदस्यको डिएनए प्रोफाईल भिडाईएको थियो । प्रयोगशालाका एसपी राकेशकुमार सिंह र डिएसपी रविन भण्डारीले डिएनए प्रोफाईल मिलेपछि पीडित युवतीहरुलाई एकसातामा परिवारको जिम्मा लगाएका थिए । 

उद्दार गरिएका युवतीहरुलाई आवश्यक कागजातहरुका साथै डिएनए परीक्षण गरी हस्तान्तरण गरिएको यो पहिलो पटक हो । प्रहरीका अनुसार उनीहरु १७ महिना कोठीमा बस्न बाध्य थिए । त्यसपछि एकवर्ष भारत सरकारको संरक्षणमा बसेर कानूनी प्रावधान पुरा गरी उनीहरु नेपाल आएका हुन् । उनीहरुलाई भारतमा नेपाली दूतावासले नियमित सम्पर्कमा राख्दै आवश्यक सहयोग गरेको पाण्डेले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News