Wednesday, 20th March, 2019

नेपालीलाई होच्याउने भारतीय सांसदले माफि मागिन्

काठमाडौं । नेपाललाई होच्याउने खालको स्टाटस भारतमा आम आद्मी पार्टीकी एक सांसदले लेखेकी छिन् । लोकसभा चुनावको चर्चा चलिरहेको बेला उनले आफ्नो पार्टीको लागि भोट माग्न नयाँ काईदा सुरु गरेकी हुन् ।

उनले निर्धक्क भएर प्रधानमन्त्री चुन्न भारतबासीहरुलाई आग्रह गरेकी छिन् । बरु चौकिदार नेपालबाट ल्याउने समेत अभिव्यक्ति दिएकी छिन् । उनले नेपालका चौकीदारहरु चोर नहुने उल्लेख समेत गरेकी छिन् ।

उनले ट्वीटरमा यस्तो लेखेपछि नेपाली सामाजिक सञ्जालप्रयोगकर्ताहरु कतिपयले यो अभिव्यक्ति नेपालीलाई हेप्ने प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका छन् भने कतिपयले भारतका सबै चौकीदार चोर हुन्छन् भन्ने आशयमाथि व्याख्या गर्दै प्रतिक्रिया दिएका छन् ।

प्रिय #भारतवासियों
“कृप्या इस बार #प्रधानमंत्री चुनियेगा,#चौकीदार तो #नेपाल से भी मंगवा सकते हैं”।

नेपाल के #चौकीदार #चोर नही होते ;)।#लोक्सभएलेक्तिओन्स्२०१९

— अल्क लम्ब (@लम्बाल्क) मर्च् १२, २०१९

माफी माग्दै लाम्बाले लेखेकी छिन्ः

आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् ।
माफी माग्दै लाम्बाले लेखेकी छिन्ः

मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।

अल्क लम्ब

@लम्बाल्क
पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।
गोद् ब्लेस्स् #इन्दिअणेपल् फ्रिएन्द्शिप्।

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१४ देखि आम आदमी पार्टीमा आबद्ध भएकी छिन् ।उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् ।उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News