Tuesday, 21st January, 2020

मलेसियाले ३१ हजार नेपाली कामदार लैजाने

काठमाडौं । मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी नेपाली कामदार लैजाने भएको छ । यो संख्या मलेसिया पठाइएमा मलेसियाबाट घटेको रेमिट्यान्समा बृद्धि हुने अपेक्षा गरिएको छ । लामो समयदेखि अवरुद्ध मलेसिया वैदेशिक रोजगारीका लागि गत अक्टोबर महिनाबाट नेपालले मागपत्र लिन थालेको थियो ।

बैदेशिक रोजगारका लागि महत्वपूर्ण गन्तव्यको रुपमा मलेसियालाई लिइएको भएपनि पछिल्लो समय फ्रि भिसा र फ्रि टिकटको नीति पछि मलेसिया जाने नेपालीको संख्या ह्वात्तै घटेको छ । वैदेशिक रोजगारीको लागि आकर्षक श्रम गन्तव्य मुलुक मलेसियामा नेपाली कामदार लैजान अहिले करिब ३१ हजार बढी नेपाली कामदार माग भएको क्वालालुम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाए अनुसार ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण भइसकेको छ । 

पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका कुल ३१ हजार २ सय १ जना नेपाली कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

जसमध्ये औद्योगिक क्षेत्रमा १७ हजार ११६ जना, सेवा क्षेत्र सुरक्षा गार्डसहित १० हजार १८३ जना, कृषि क्षेत्रमा १ हजार ४७५ जना, प्लान्टेसनतर्फ १ हजार ३९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जनाको मागपत्र फाइलिङ भएको दूतावासले जनाएको छ ।

धेरै रेमिटन्स भित्रिने मुलुकका रुपमा रहेको मलेसियाबाट पछिल्लो समय रेमिट्यान्समा गिरावट आउनुका साथै नेपालीहरु कम मात्रै गएका छन् । जहाँ नेपालीको काममा मलेशियाले बंगालीहरुलाई लिँदै गएको छ ।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News