धादिङका २ वटा ग्यास उद्योग सुरक्षा मापदण्ड बिपरित

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा ओम र नमस्ते ग्यास उद्योगले नेपाल गुणस्तर चिन्ह नलिएको तथा ग्यास सिलिन्डरको सुरक्षामा खेलवाड गरेको पाइएको गुणस्तर तथा नापतौल विभागका इन्जिनियर मनिष कर्णले जानकारी दिएका छन् 

ओम र नमस्ते ग्यास उद्योगमा नेपाल गुणस्तर चिन्ह नलिएको, उद्योगमा ग्यास सिलिन्डरको तौल जाँच नगरेको, हाइड्रोलिक र भल्व परीक्षण नगरी रंग लगाएर सिलिन्डर नयाँ देखाएको लगायतका कमजोरी देखिएपछि ति उद्योगमा ३ दिनसम्म ग्यास भर्न बन्देज लगाइएको छ ।

३ दिनभित्र उद्योगले ग्यास सिलिन्डरको सुरक्षा र मापदण्डसम्बन्धी सबै कागजातसहित विभागमा बुझाएर आवश्यक सुरक्षा प्रणाली अपनाएर मात्रै ग्यास भर्न भनिएको इन्जिनियर कर्णले जानकारी दिए । धादिङका २ वटा ग्यास उद्योगले सुरक्षा मापदण्ड पूरा नगरेले ती असुरक्षित रहेको ठहर गरेको छ ।

ग्यास सिलिण्डर पड्किने क्रम बढेसँगै विभागले गएको शुक्रबारदेखि देशैभरीका ग्यास उद्योगमा अनुगमन सुरु गरेको छ । टेम्पोमा ग्यास भर्नेसहित देशभर ५७ वटा ग्यास उद्योग भए पनि ४ वटाले मात्रै नेपाल गुणस्तर चिन्ह लिएका छन् । नेपालका खाना पकाउने ग्यास अति असुरक्षित धराप बम सावित भएका छन् । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs