यौन शक्ति बढाउन सुई प्रयोग गर्दा ज्यान गयो

नयाँ दिल्ली  भारतको महाराष्ट्रमा यौन शक्ति बढाउन इन्जेक्सन प्रयोग गर्दा युवतीको ज्यान गएको छ । महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

रमाइलो गर्न होटल पुगेका प्रेमी भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । दुबैले होटलमा कोठा लिएर बसेका थिए । त्यसक्रममा युवतीले यौन शक्ति बढाउने सुई लगाएकी थिइन् ।

सुईले स्वास्थ्यअवस्था बिग्रिएपछि उनका प्रेमी उनलाई त्यही छोडेर भागेका थिए । होटलका वेटरले अर्डर लिन आउने क्रममा युवतीलाई बेहोस देखेपछि म्यानेजरलाई जानकारी गराई अस्पताल लगिएको थियो । अस्पतालमा उनको होस आएको र डाक्टरलाई आफ्नो नाम र ठेगाना बताएपछि केही बेरमै मृत्यु भएको बताइएको छ ।

घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएपछि युवतीको शव नियन्त्रणमा लिएर प्रहरीले छानविन थालेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार अमृतनगरको रशीद कम्पाउण्ड घर भएकी युवती कल्याणनिवासी आफ्ना प्रेमीका साथ भिवंडी आएकी थिइन् ।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs