विदेशबाट सामान आयातमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । सरकारले राष्ट्रिय उत्पादनलाई बढवा दिन नीति परिवर्तनको कामलाई तीब्रता दिएको छ । अस्वभाविक तथा अनपेक्षित रुपमा विदेशबाट आयत हुनेलाई रोक्न एवं स्वदेशमै उत्पादित वस्तु प्रवद्र्धन गर्ने उद्देश्यले कानुन बनाउने लागिएको हो ।

यो उद्देश्य केन्द्रित रहेर यतिबेला वाणिज्य मन्त्रालयले सेभगार्डस्, एण्टी डम्पिङ, तथा काउण्टरभेलिङ ऐनको मस्यौदा तयार पारिरहेको छ । नेपालमै उत्पादन हुने तर त्यही प्रकृतिका सामान विदेशबाट पनि आयात भए सेभगार्डस ऐनले रोक्नेछ ।

लेज, कुर्कुरेजस्ता खाद्य वस्तुदेखि अर्जेन्टिनामा उत्पादित खानेतेल समेत नेपालले अायात गर्नेगर्छ । जिप्सजन्य खाद्य पदार्थकाे व्यापार नेपालमा वार्षिक अर्बभन्दा बढी काे छ । यो ऐन जारी भएर कार्यान्वयनमा अाए तिनकाे अायात राेकिनेछ । नेपालमै उत्पादित कुर्मुरे र स्थानीय स्तरमा उत्पादित चिप्समा चित्त बुझाउनु पर्ने स्थिति आउनेछ ।

एेनकाे मस्याैदाअनुसार विदेशी सामानले नेपाली उद्योगहरुलाई नोक्सानी पुर्याएकाे खण्डमा आयत भैसकेकोपछि समेत आयतित वस्तुमा थप महसुल लगाइनेछ । वाणिज्य मन्त्रालय कानुन शाखाका उपसचिव रामजी दनाईले भने, ‘नेपाली उद्योगहरुबाट उत्पादन बढाउन उक्त ऐन ल्याउन आवश्यक छ । अहिले नेपाली उद्योगको प्रवद्र्धन हुन नसक्नुमा नेपालमा उत्पादन हुने वस्तुले नेपालभित्र बजार नपाउनु पनि प्रमुख समस्या हो ।’ सो ऐनले राष्ट्रिय उत्पादनलाई बढावा दिने उनले बताए ।

नेपालमा आवश्यक नभएको सामान आयत गर्दा प्रचलित भन्सारभन्दा थप कर लगाउन पाउने छुट यो ऐनले दिनेछ । यसैगरी सरकारले तोकेको परिमाण भन्दा बढी सामान आयत भएको खण्डमा पनि भन्सार दर बढी पर्नेछ । सरकारले महसुस गरेमा कुनै पनि वस्तुको आयात पूर्ण वा आंशिक रुपले बन्द गर्न सक्ने ऐनको मस्यौदामा उल्लेख छ ।

नेपालमा उत्पादन वस्तुकै प्रकृतिका वस्तु अन्य विकाशोन्मुख देशबाट आयत भएको खण्डमा भने नेपालको उत्पादन भन्दा ३ प्रतिशत कम भएमा यो ऐन आकर्षित हुने छैन । त्यस्तै धेरै देशबाट एउटै प्रकृतिको समान ल्याएर नेपाली उत्पादन भन्दा ९ प्रतिशत बढी भएको खण्डमा भने विकाशोन्मुख देशबाट आयात हुने सामानका हकमा पनि ऐन आकर्षित हुनेछ ।

नेपालमै उत्पादन हुने प्रकृतिको विदेशी वस्तु मूल्य वृद्धि हुन सक्ने समयको पर्खाई गरेर राख्नलाई पनि सो ऐनले रोक्नेछ । डम्पिङ गरेको वस्तु र नेपाली वस्तुको कुल परिमाणको मार्जिन २ प्रतिशत हुने व्यवस्था छ ।

विद्यमान कानुनअनुसार नेपाल आयात हुने केही वस्तुमा भन्सार सहुलियत उपलब्ध छ। तर यो ऐन जारी भएपछि नेपाली उद्योग तथा उत्पादनलाई हानी नोक्सानी पुग्ने गरी सामान आयात गर्न पाइने छैन । यदि ल्याइएको खण्डमा काउण्टरभेलिङ महसुल अनुसार सरकारले उक्त वस्तुमा कर लगाउन पाउने व्यस्था छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs