चौधरीद्वारा प्रहरी हिरासतमा आत्महत्या

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र भरिया हत्या प्रकरणमा पक्राउ परेकामध्ये प्रेमराज चौधरीले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका उनले गएराति आत्महत्या गरेका हुन् । उनले आफुले लगाएको ट्रयाक सुटको पासो लगाएर बाथरूममा आत्महत्या गरेको बताइएको छ । 

महानगरीय प्रहरी आयुक्त कार्यालयले घटनाको पुष्टि गरेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितीले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनी नेपाल वायु सेवा निगमका कर्मचारी हुन भन्ने छ ।

माघ ७ मा हवाईमार्ग हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो । तस्करी गरि भित्रिएको उक्त सुन गायब बनाएको भन्दै तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि गृहले अनुसन्धानका लागि बिशेष छानबिन समिती गठन गरेको हो ।

छानबिन समितले आरके ज्वेलर्सका राजेन्द्र शाक्यसहित हालसम्म १९ जना पक्राउ परिसकेका छन् । सुन तस्करीको सञ्जाल भत्काउन सक्रिय समितीले प्रहरीका उच्च अधिकारी र प्रतिष्ठित व्यवासयीलाई शंकामा राखेर अनुसन्धान गरिरहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs