यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले अावश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले शुक्रबार यातायात बन्द गरेपछि यस्तो निर्देशन दिएका हुन् । मन्त्री थापाले सिन्डिकेट चलाउँदै आएका यातायात समिति र संघको नाममा रहेको सम्पत्ति छानबिन गर्न समेत सिडिओहरुलाई निर्देशन दिएका छन् ।

सरकारले सिन्डिकेट हटाउने निर्णयसँगै समिति र संघलाई खारेज गरेर कम्पनी ऐन लागू गरेपछि यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सिन्डिकेट हटाएको विरोधमा यही वैशाख २८ गतेदेखि देशभरको यातायात अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् ।

अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बतायो । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs