कारागारभित्र कैदीको रहस्यमय मृत्यु

काठमाडौँ । गत शुक्रबार राति नख्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भएको छ । बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो । सुनुवार कर्तव्य ज्यान मुद्धाको सजाय भुक्तान गरिरहेका थिए । मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

परिसरका प्रमुख एसएसपी गणेश ऐरले भने ’कारागारभित्र एक कैदीको मृत्यु भएको छ ,के कसरी भयो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ ।पोस्टमार्टम रिपोर्ट आएपछि थप खुल्नेछ।‘मृतक सुनुवार प्रेमिकाको हत्यामा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिरहेका थिए ।

कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको हुनसक्ने मृतकका परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनाको छानबिनका लागि महानगरीय प्रहरी परिसर ललितपुरले समिति गठन गरेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs