सरकारले रोक्यो मुख्यमन्त्री राउतको अमेरिका भ्रमण

काठमाडौं  सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा जान रोकेको छ । आइतबार बसेको मन्त्रिपरिद् बैठकले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणका लागि आएको प्रस्तावलाई रोकेको हो ।

सरकारले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने महत्वपूर्ण समयमा भ्रमणमा जान नहुने भन्दै रोकेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए । प्रदेश २ बाट मुख्यमन्त्री राउतले अमेरिकामा रहेको एक गैरसरकारी संस्थाले बोलाएको कार्यक्रममा भाग लिन जान सरकारलाई अनुमति मागेका थिए ।

जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन इन अमेरिका भन्ने गैरसरकारी संस्थाको निम्तामा प्रदेश नं २ का मुख्यमन्त्री राउतलाई भ्रमणमा पठाउने भनी प्रदेश मन्त्रिपरिषद्ले प्रस्ताव पठाएको हो । ‘प्रदेशभित्रै आर्थिक वर्ष २०७४ र ७५ को नीति, बजेट निर्माण तथा कार्यक्रमलगायत संगठनात्मक संरचना निर्माणजस्ता महत्वपूर्ण कार्य गर्नुपर्ने भएकाले राउतको अमेरिका भ्रमण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अस्वीकृत गरेको छ,’ बास्कोटाले भने।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs