काठमाडौँमा फेरि बालक अपहरण

काठमाडौँ । काठमाडौँमा फेरि अर्काे अपहरणको घटना भएको छ । काँडाघारीबाट ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका छन् । स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको छ ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् । निशान आइतबार बेलुकादेखि वेपत्ता थिए ।

सोमबार बिहान परिवारका सदस्यलाई फोन गरेर फिरौती मागिएको छ । पेशेवर अपराधीक समूहले अपहरण गरेको वा आफन्तले भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अघिल्लो वर्ष साउनमा पनि काठमाडौँमा बालक अपहरणको घटना भएको थियो ।

पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी स्कुलबाट घर फर्किने क्रममा ०७४ साउन १२ गते अपहरणमा परेका थिए । उनको पाँच दिनपछि जीवितै उद्धार गरिएको थियो । विशाललाई उनकै बुवाका साथीहरुले अपहरण गरेको रहस्य खुलेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs