दुवै अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं । काँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या भएको खुलेको छ । ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा भेटिएको छ । अपहरण गर्नेहरु पनि प्रहरीको गोलीबाट मारिएका छन् । अपहरणकारी अजय तामाङ र गोपाल तामाङ मारिएका हुन् । दाेहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । 

मध्यपुर ठिमीको नहदस बन्ने ठाउँमा उनीहरुको इन्काउन्टर भएको हो । उनीहरुले आइतबार नै बालककाे हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ । फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन् । अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन् । उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए ।

साँझ उनले नै अपहरण गरी लगेका हुन् । अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए । घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए । अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs