इपीएस परीक्षामा नक्कली परीक्षार्थीहरु पक्राउ

काठमाडौं । कोरिया जाने युवाहरुका लागि सञ्चालित कोरियन भाषा परीक्षा इपीएसमा नक्कली परीक्षार्थीहरु भेटिएका छन् । उपत्यकाका विभिन्न कलेजहरुमा परीक्षामा सहभागि भएका १६ जना नक्कली परीक्षार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बत्तिपुतली स्थित गोल्डेनगेट ईण्टरनेशनल कलेजबाट पाँचथर फिदिम का प्रसान्त भण्डारीको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पाँचथर थलेलुङका २६ वर्षीय रमेश सुवेदी र धरानका भरत राई छन्।

यस्तै, तिनकुने सुबिधानगर भिएस निकेतन कलेजबाट खोटाङ हलेसीका कल्याण राईले सुभाष आङको नाममा परीक्षा दिएको भेटिएको थियो। ईलामका बिशाल थापाले सुमन देउलाको नाममा परीक्षा दिएका थिए भने पाँचथरका सुवास याम्सले दाजु सुवाष याम्सको परीक्षा दिएका थिए। याम्स दाजुभाईको एउटै नाम रहेको प्रहरीले जनाएको छ।

यस्तै, धनकुटाका जिवन राई रीजन राईको नाममा परीक्षा दिन आएको भेटिएको थियो। खोटाङका दिपेन राई किरण राईको परीक्षा दिन आएका थिए भने भोजपुरका बिशाल राई किशोर राइको परीक्षा दिन आएका थिए। यसैगरी तेर्‌हथुमका प्रेम लिम्बु दुर्गा ब. लिम्बुको परीक्षा दिन आएका थिए। 

प्रहरीले नक्कली परीक्षार्थीहरु पाँचथरका नर बहादुर राई, पाँचथरकै श्याम गुरुङ्ग, अभिन लिम्बु, सुमिन सेम्जोङ्ग र मनोज गुरुङ्ग, खोटाङ्गका शुकिल राई, ईलामका देवनारायण कार्की, तेह्रथुमका सुमन राई, र सविन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी नक्कली परीक्षार्थीहरुलाई भेटन आउने दुर्गा ब. लिम्बु, सन्तोष घिमिरे र सविन श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs