गोली चलाई ९ लाख लुटिएको आशंकामा दुई पक्राउ

धनगढी । धनगढीको पुरानो भन्सार रोडमा रहेको एनसिसी बैंक नजिकको चोकबाट आज गोली चलाई रु ९ लाख लुटिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले घटनामा संलग्न भएको शंका लागेर गोदावरी नगरपालिकाको गेटाबाट दुई जनालाई रु नौ लाखसहित पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । आज कार्यालय समय शुरु भएलगत्तै उक्त बैंकबाट रु नौ लाख झिकेर फर्किंदै गरेका धनगढी उपहानगरपालिका–२का निर्मल कार्कीमाथि बैंक नजिकैको चोकमा मोटरसाइकलमा आएका दुई अपरिचित गोली चलाउँदै साथमा रहेको रकम लुटेर फरार भएका थिए ।

गोली लागेर घाइते कार्कीका हातबाट एउटा गोली निकालिएको छ । सेती अञ्चल अस्पताल धनगढीमा उपचाररत उनको अवस्था खतरामुक्त छ । धनगढीस्थित ग्लोबल आइएमई मनी ट्रान्सफरमा कार्यरत कार्की उक्त बैंकमा रकम झिकेर मनी ट्रान्सफरतर्फ जाँदै गर्दा लुटिएको जनाइएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs