प्रधानन्यायाधीश पराजुलीको राजिनामा माग्‍दै विरोध प्रदर्शन

काठमाडौं । सर्वोच्‍च अदालतमा केसीको पक्ष र विपक्षमा बहस चलिरहँदा काठमाडौं, बिराटनगर र धनगढी लगायत बिभिन्न ठाउमा भने केसीका समर्थकहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग्‍दै विरोध प्रदर्शन गरिरहेका छन्।

उनीहरुले नेपालको राष्ट्रिय झण्डा र प्ल्कार्डमा लेखिएका विभिन्‍न नारासहित प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्‍दै प्रदर्शनमा उत्रिएका हुन्। केसीका समर्थकले विहानैदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेपछि त्‍यहा सुरक्षाका लागि बाक्लो प्रहरी परिचालन गरिएको छ।

डा. गोविन्द केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले धनगढीमा पनि प्रदर्शन गरेका छन् । डा. केसी पक्राउको विरोध र उनले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै धनगढीमा भागेश्वर एकडेमीका विद्यार्थी र दारी ग्याङले प्रदर्शन गरेको हो।

सेती अञ्चल अस्पताल अगाडिबाट जुलुस निकालेका उनीहरुले डाक्टर केसीलाई तत्काल रिहाइ गर्न भन्दै चर्का नारा लगाएका थिए। ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा,’ ‘हामी डाक्टर केसीको साथमा’, ‘डाक्टर केसीलाई रिहाइ गर’, ‘उहाँका माग पूरा गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको हो।

उनीहरुले डा. केसीलाई तत्काल नछोडिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। डा केसीका माग पूरा गर्नुको साटो पक्राउ गर्नु अत्यन्त लज्जास्पद काम भएको दारी ग्याङका धनगढी संयोजक दिनेश बोहराले बताए।

प्रदर्शनका क्रममा युवाहरुले बोकेको व्यानरमा डा. केसीको रिहाइ नगरे आफूहरुलाई पनि पक्राउ गर्न चेतावनी दिइएको थियो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs