बिना प्रतिस्पर्धा नेताका श्रीमतीलाई जागिर

धरान । धरान उपमहानगरपालिकामा स्थानीय निकायमा पदपूर्ति गर्ने प्रक्रियालाई मिचेर आफू निकटका र नेताका श्रीमतीलाई जागिर लगाएपछि असन्तुष्टि चुलिएको छ । मेयर तारा सुब्बाले बिना प्रतिस्पर्धा एमालेका स्थानीय नेताका श्रीमतीलाई उपमहानगरपालिकामा जागिर खुवाएका छन् ।

कर्मचारी पदपूर्ति गर्नका लागि पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर उत्कृष्ठलाई नियुक्त गर्न सकिने भए पनि मेयर सुब्बाले निर्वाचनमा आफूलाई जिताउन भूमिका खेल्ने स्थानीय नेताका श्रीमतीलाई जागिर खुवाएर पैंचो तिरेको एमाले वृत्तमै चर्चा चल्न थालेको छ ।

मेयर सुब्बाले एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौलालाई बिना प्रतिस्पर्धा नियुक्त गरेर १० नम्बर वडामा खटाएका छन् ।

बिना प्रतिस्पर्धा नेताका श्रीमतीलाई जागिर खुवाएको विषयमा सरोकारवालाले विरोध जनाएपछि उपमहानगरपालिकाले भने बोर्ड बैठकको निर्णयअनुसार दुवै जनालाई ६ महिनाका लागि खरिदारर पदमा करारमा नियुक्त गरिएको बताएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs