यातायात विभागमा सेवाग्राहीले पाउने सेवामा सुधार

ललितपुर  यातायात व्यवस्था विभाग अन्तर्गतको वाग्मती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउन पुग्ने सेवाग्राहीले सजिलै र समयमै सेवा पाउन थालेका छन् । एक घण्टामा नै सेवाग्राहीले सेवा पाएर फर्कन सक्ने कार्यालयका प्रमुख तेज नारायण यादवले बताए ।

कार्यालयले प्रणालीमा गरेको सुधार, उपत्यकाका अरु तीन ठाउँमा सेवा शुरु तथा देशका अरु अञ्चल कार्यालयमा समेत स्मार्ट कार्ड शुरु हुँदा सेवाग्राहीले चाँडो सेवा पाउन थालेको उनको भनाइ छ । पहिले दैनिक ८०० जनाले चालक प्रमाणपत्रको फाराम भर्ने गरेका थिए ।

अहिले उक्त संख्या दुई पांग्रे र तीन पांग्रे दुवैमा २००/३०० को हाराहारीमा छ । उनले भने, “अहिले चाप कम भएकाले सेवाग्राहीलाई हामीले समयमै सेवा दिन सकेका छौँ र गुनासो पनि छैन ।” दुई महिना अघिसम्म कार्यालय समय १० बजेबाट शुरु भए पनि सेवाग्राही बिहान ४–५ बजेबाट नै लाममा बस्ने गरेका थिए ।

अहिले कार्यालय समयमा मात्र सेवाग्राही आउन थालेका छन् । उनले भने, “फाराम भर्न र लिखित परीक्षा दिन सेवाग्राहीले दिनभर बस्नुपर्ने अवस्था अहिले छैन ।” प्रविधि सुधारमा ध्यान दिएका कारण सेवाग्राहीले चाँडो सेवा पाएको यादवको भनाइ छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs