१२ बर्षे बालकको अपहरणपछि हत्या आरोपमा ५ पक्राउ

रौतहट । रौतहटमा अपहरणमा परेका एक १२ वर्षे बालकको हत्या भएको प्रहरीले जनाएको छ।  कटहरिया ९ डुमरियाका युवराज साहको गोली प्रहार गरी हत्या भएको छ । गत शनिबार रातिदेखि अपहरणमा परेका बालक चिकित्सक दिलिप साहका छोरा हुन् ।

हत्यामा संलग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्रेको छ । कटहरीया डुमरियाकै १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविन राय यादव, २० वर्षीया सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल, २० वर्षीया रवि कुमार पटेललाई अपहरण गरी हत्या गरेको भन्दै प्रहरीले पक्रेको छ ।

बालक अपहरण गरेपछि परिवारसँग १ करोड रुपियाँ अपहरणकारीले मागेको थियो । फिरौति रकम नदिएका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकलाई घरबाट १५ किलोमिटर पर पर्ने गढीमाईको बागमती किनारमा गोली हानी मारिएको भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs