ठमेलमा भीषण आगलागी हुँदा १० करोडको क्षति

काठमाडौं । मंगलबार बिहान ठमेलको एक घरमा भएकाे भीषण आगलागीका क्रममा पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन् । ठमेलको ज्याठास्थित सुनिलमान स्थापितको ६ तले घरमा आगलागी हुँदा घरमा रहेका पाँच जनाले हाम फालेर ज्यान जोगाएका हुन्।

हामफाल्दा घाइते भएका तीन जनाको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अुनसार सुवर्ण स्थापित, रामलाल श्रेष्ठ र अञ्जना श्रेष्ठको उपचार ट्रमा सेन्टरमा भइरहेको हो । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको नाम खुलेकाे छैन ।  

स्थापितको घर भाडामा लिएर पेम्बा दोर्जेले खोलेको हिमालय ट्रेकिङ पसलमा आगलागी भएको हो । पानी तान्ने मोटरमा विद्युत् सर्ट भई बिहान पौने ४ बजे सुरु भएको आगलागी पहिलो तलामा रहेको अक्सिजन ग्यास सिलिन्डर स्टोरमा सल्केको थियो ।

आगलागीबाट भरिएको ग्यास सिलिन्डर ३० थान, खाली ५० थान क्षति भएको प्रहरीले जनाएको छ । आगलागी चौथो तलासम्म पुगे पनि बेलैमा नियन्त्रणमा लिएकाले ठूलो मानवीय क्षति हुनबाट बचेको प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए । 

प्रारम्भिक अनुमान अनुसार १० करोड रुपैयाँभन्दा माथिकै धनमाल नष्ट भएको उनले बताए। क्षतिकाे एकिन विवरण अाउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs