हिन्दु महिलाको विशेष पर्व तीज भव्य रुपमा मनाइँदै

काठमाडौ । हिन्दु धर्मालम्बी त्यसमा पनि महिलाहरुको विशेष पर्व तीजको आज दरखाने दिन । आज चेलिबेटि दिदी बहिनी बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्त तथा आफ्नै घरमा दुधबाट बनेका खिर, घिउ, दही, दूध, हलुवा, ढकनी, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने र ख्वाउने गरिन्छ ।

आज विभिन्न परिकार तथा मिठाई तयार पारेर राति अबेर दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज शहरबजारमा महिना अघिदेखि नै दर खाने चलन बसेको छ ।

हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ । परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर व्रत आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs