श्रेष्ठले थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिए

भक्तपुर । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले हजारौं मानिसको अगाडि जिब्रो छेडेका हुन् । मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन् । उनले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् ।जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने चलन छ ।

‘चेंया पुन्हिया मेय प्वाः खनेगु’ जात्रा व्यवस्थापन समितिको संयोजनमा उनले जिब्रो छेडेका हुन् । जिब्रो छेड्नु अघि थिमी लाय्कुका नायो पमाहरु गई हनुमानढोका लाय्कु (दरबार) बाट राजाको चिनो (खड्ग) लिएर आएको केहीबेर पछि जिब्रो छेडिएको थियो । मङ्गलबार दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघिपछि राखी जिब्रो छेडाउने बालकरामले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय्अर्थात् महाद्वीप बोकेर नगरपरिक्रमा गरेका थिए ।

जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाडेपछि जात्रा सम्पन्न भएको हो । विगतमा यस दिन एकैपटक २७ जनासम्मले जिब्रो छेडाएको भेटिन्छ । उक्त जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुहेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरे पनि अहिले भने थिमी विभिन्न टोल घुमाउने गरेको समितिका सचिव हरिसुन्दर श्रेष्ठ बताउँछन् ।

छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास छ । जिब्रो छेडाउँदा दैवी शक्ति प्राप्त हुनेसमेत विश्वास रहीआएको छ । जिब्रो छेडाएका बालकरामले भने, “कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको हुँ ।”

स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए । यस वर्ष आफ्ना पिताको आशोच बारेकाले वीरेन्द्रभक्तले जिब्रो छेड्न नहुने भएपछि बालकरामले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् । जात्राका लागि कर्मीनाय रामभक्त नकर्मीले फलामको १० इन्च लामो सियो बनाएर करीब ४५ दिन तेलमा डुबाएर राखेका थिए । पच्चीस वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा गरी दश वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए ।

त्यसपछि गत वर्ष स्थानीय युवाले समितिनै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि गत वर्षदेखि यो जात्रा शुरु भएको हो । किम्बदन्तीअनुसार प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल ९बउचा०ले थिमीका बासिन्दालाई धेरै दुःख दिए ।

यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रमा गरेपछि दुःख दिन छोडेको र यो जात्रा सञ्चालन गरेपछि देशमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पको भय नहुने जनविश्वास रहेको २०६३ मा जिब्रो छेडाउनु भएका कृष्ण नानिचा श्रेष्ठ बताउँछन् । जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ ९मन्दिरको चारैतिर पर्दाले छोपेर गर्ने पूजा० गर्ने प्रचलन छ ।

आठ दिन अघिदेखि एक छाक मात्र खाएर शुद्ध भई बस्नुपर्ने, पशुपक्षीलाई छुन नहुने, जिब्रो छेडाउने एकदिन अघिदेखि श्रीमतीको अनुहार हेर्नसमेत नहुने चलन छ । त्यस्तै जात्राको चार दिनअघिदेखि लगातार सम्पूर्ण परिकार बनाई नगरका मानिसलाई भोज खुवाइएको थियो । जिब्रो छेडाउन थिमीमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गरिएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs