यूरोपमा जागिर दिने भन्दै युवालाई ठग्ने पक्राउ

काठमाडौं । बेरोजगार युवालाई यूरोपमा आकर्षक जागिर लगाइदिने भन्दै मानव तस्कर गर्ने गरेका बुर बहादुर अदाइ प्रहरीको फन्दामा परेका छन् । अदाइले युवाहरुलाई ग्रीसमा आकर्षक जागिर पाइने भन्दै टर्कीमा लगेर अलपत्र पारेका थिए । ४५ दिनसम्म शारिरिक र मानसिक यातनामा परेका ति पिडित युवा नेपालमा आइ प्रहरीमा खबर गरेपछि बुर बहादुरको कर्तुत बाहिर आएको हो ।

त्यसरी फसाइएकाहरु मध्ये २ जना टर्कीबाट फर्किएका युवाले बुर बहादुरलाई प्रति व्यक्ति १२ लाख बुझाएको बताएका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले उनलाई टोखाबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ प्रहरीले उनिमाथी थप अनुसन्धान गरिरेहेको छ ।

नेपालबाट विदेशमा श्रम स्वीकृती बिना तथा जुनसुकै देशमा जाँदा पनि उक्त देशको कामदार भिषा नपाएसम्म काम गर्न नपाइने तथ्य छर्लङ्ग हुँदाहुँदै बेरोजगार युवाहरुलाई यस्ता तस्करहरुले आकर्षक जागिरको प्रलोभनमा पारी ठुलो रकम असुल्दै युरोप तथा अफ्रिकाको विभिन्न देशमा पु-याइ श्रम शोषण गर्ने तथा यौन व्यापारमा प्रयोग गर्ने गरेका छन् ।

यसरी तस्करहरुले विभिन्न रुट प्रयोग गर्दै नेपाली युवालाई लाने क्रम बढेपछि नेपाल प्रहरीले हाल मानव ओसारपसार तथा परिवहन नियन्त्रण ब्यूरो नै बनाएको छ । यसले यस्ता मानव तस्करीका घटनाहरु रोकथामका लागि काम गर्ने गरेको बताइएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs