बत्ती जडान गरिएपछि सिरुबारी झलमल्ल

स्याङ्जा । देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ । आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ ।

पहिला रातिमा आउने पर्यटकलाई लाइन जाँदा स्वागत सत्कार गर्न बत्तीको अभावमा गारो हुने गरे पनि सोलार बत्ती जडान भएपछि अहिले सजिलो भएको छ । अब विद्युत लाइन गएको बेलामा पनि कुनै समस्या नहुने स्थानीयवासी उर्मिला गुरुङले बताईन् ।

सो गाउँमा रु २९ लाखको लागतमा सिरुबारीमा सोलार बत्ती जडान गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँमा विद्युत् लाइन गएको बेलामा पनि पर्यटको स्वागत सत्कार र व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सोलार बत्ती जडानमा सहयोग गरेको बताएका छन् ।

सिरुबारी गाउँका स्थानीय बासिन्दासमेत रहेका पूर्व सांसद् डा गणेशमान गुरुङले पर्यटकको बसाइ लम्ब्याउन ‘होमस्टे’ (घरबास) लाई अझ विस्तार गर्नाका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताएका छन् । 

गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले पर्यटकीय गाउँ सिरुबारीमा पर्यकका लागि आवश्यक थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप सहयोग गर्ने बताईन् । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs