मलेसिया जाँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने

काठमाडौं । नेपाल मलेसियाबीच कामदार आदान-प्रदानका विषयमा गरिने एमओयूको विषयबस्तुमा सहमति जुटेको छ । सहमति अनुसार श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने सहमति भएको छ ।

दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको छलफलमा यस्तो सहमति जुटेको मलेसियका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलले जानकारी दिए । यो सहमतिसँगै मलेसियामा नेपाली श्रमिकका लागि दुई महिना भन्दा लामो समयदेखि रोकिएको रोजगारी खुल्ने भएको छ ।

नेपालबाट रोजगारीका लागि मलेसिया जाने कामदारसँग चर्को शुल्क असुली हुने गरेपछि मलेसियाको रोजगारी नै बन्द गरेर श्रम तथा रोजगार मन्त्रालयले रोक लगाएको थियो ।श्रममन्त्री गोकर्ण विष्टले यसमा संलग्न संस्थाहरु खारेजीको निर्णय गरेपछि चार महिनादेखि नेपाली कामदार जान पाएका छैनन् ।

मन्त्रीको यहि अडानका कारण नेपालको मलेसिया कामदार आपूर्तिको व्यवस्था परिवर्तन गर्न तयार भएको हो । मलेसियाले नेपाल बाहेकका देशसँग पनि कामदार लिने प्रक्रिया परिवर्तन गर्ने जनाइसकेको छ ।

मलेसियाली प्रतिनिधिसँग एम्ओयूको विषयमा छलफल गर्न श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहित परराष्ट्र र कानून मन्त्रालयका सहसचिव सम्मिलित ३ सदस्यीय टोली मलेसियामा छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs