Tuesday, 20th August, 2019

गढीमाई मेलामा पशुबलि रोक्न बिहार सरकारको अपिल

काठमाडौं । भारतको बिहार सरकारले नेपालको गढीमाई मेलामा पशुबलि रोक्न अपिल गरेको छ । भारतको सर्वोच्च अदालतको आदेशअनुसार बिहार सरकारले गढीमाई मन्दिरमा पशुबलि रोक्न अपिल गरेको हो । बारा जिल्लामा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलामा ठूलो संख्यामा बलि दिने प्रचलन छ ।

गढीमाई मन्दिरमा दिईने पशुबलिको पटकपटक विरोध हुँदै आइरहेका बेला भारतीय सर्वोच्च अदालतले आफ्ना नागरिकलाई पशुबलि नदिन आदेश दिएको थियो । बिहार सरकारले सोही आदेशबारे ध्यानाकर्षण गराउँदै सर्वसाधारणलाई पशुबलि नदिन अपिल गरेको छ ।

बाराको कलैयाबाट झण्डै ८ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि लाग्ने मेलामा भारतबाट ठूलो संख्या दर्शनार्थीहरु आउने गरेका छन् । ती दर्शनार्थीहरुले सो मन्दिरमा बलिदिँदै आएका छन् । मेलामा ठूलो संख्यामा राँगा तथा बोकाको बलिदिने गरिएको छ ।

पाँच वर्षअघि २०७१ सालको मेलामा १५ हजार बढी राँगाको बलि दिइएको थियो । बलि दिनेमा भारतका भक्तजनहरु बढी हुने गरेका छन् । विशेषगरी बिहारका मुजफ्फरपुर, सीतामढी, शिवहर, दरभंगा, पश्चिम चम्पारण, पूर्वी चम्पारण, सारण, गोपालगंज, किशनगंज, सपौल, मधुबनीलगायतका जिल्लाबाट ठूलो संख्या भक्तजनहरु आउने गरेका छन् । 

उनीहरुले दिने पशुबलि रोक्न बिहार सरकारले वर्षौँदेखि प्रयास गर्दै आएको छ । यसै वर्षको मंशिरमा गढीमाई मेला लाग्दैछ । सो मेलामा बलि दिनका लागि भारतको बिहारबाट पशु तस्करी सुरु भइसकेको बिहार पशु तथा मत्स्य संशाधन मन्त्रालयले जनाएको छ । 

बिहार सरकारले सार्वजनिक सञ्चार माध्यमहरुमार्फत् सूचना जारी गरी पशुबलि रोक्न अपिल गरेको हो । साथै सर्वोच्च अदालतको आदेशको बेवास्ता गरी कसैले पशुबलिका लागि लैजान लागे जफत गर्नेसम्मको रणनीति बिहार सरकारले अंगिकार गरेको छ ।

पशु तथा मत्स्य संशाधन विभागले निरीह पशुको बलि नदिन आग्रह गर्दै त्यसलाई कानूनी अपराध भनेको छ । उसले पशुबलिको ठाउँमा फूल, मिठाई एवम् नरिवल चढाएर पैसाको सदुपयोग गर्नसमेत आफ्ना नागरिकलाई अपिल गरेको छ ।

नेपालको सर्वोच्च अदालतले पनि पशु बलि रोक्न यसअघि नै आदेश दिइसकेको छ । सर्वोच्चले २०७३ साउनमा सरकारका नाममा परमादेश जारी गरेर पशुबलि रोक्न र पशु बलि दिनु नराम्रो हो भन्ने कुरामा जनतामा जागरुकता ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।
त्यसअघि २०७१ मा पनि सर्वोच्चले अन्तरिम आदेश दिए पनि भक्तजनले ठूलो संख्यामा पशु ल्याएपछि मन्दिरले पशुबलि रोक्न नसकिने प्रतिक्रिया दिएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News