Friday, 20th September, 2019

असार ५ गतेदेखि मनसुन नेपाल भित्रिएको घोषणा

काठमाडौं । मनसुन नेपाल भित्रेको घोषणाजल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रेको घोषणा गरेको छ । विभागले आज असार ५ गतेदेखि मनसुन नेपाल भित्रिएको घोषणा गरेको हो ।

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमश मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ र केही दिन भित्रै नेपालभर फैलिने अनुमान गरिएको छ। नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो शुरू भएको छ।

नेपालमा साधारणतया: जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ। यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र प्रदेश ५ को केहि पश्चिमी भू-भागहरुमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाकि प्रदेशहरु गण्डकी, कर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ । 

स्मरणिय छ, सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९०% देखि ११०% सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मनिन्छ।

विभागले मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather बाट प्राप्त गर्न सकिने जनएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News