June 24, 2017, 4:00 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

ओली सरकारले सिफारिस गरेका १४ राजदूत फिर्ता

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम वर्तमान सरकारले फिर्ता लिएको छ ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको दोस्रो मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिमा प्रस्ताबित राजदूतहरुको सुनुवाई शुरु भइसके पनि सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याएको हो ।

यसबीचमा सुनुवाई समितिले परराष्ट्र मन्त्रालयका सहसचिवहरुमध्येबाट राजदूत सिफारिस भएकाहरुको सुनुवाई गरिरहेको थियो । उनीहरुको सिफारिस भने फिर्ता भएको छैन । राजनीतिक दलको कोटाबाट सिफारिस भएकाहरुको सुनुवाई नहुदै सरकारले सिफारिस फिर्ता लिएको हो ।

फिर्ता भएकामा माओवादी केन्द्रका पनि छन् । परराष्ट्रका सहसचिव बाहेक १४ जना राजनीतिक व्यक्तिहरु राजदूतका लागि सिफारिस भएका थिए । सिफारिस भएका २२ राजदूतमध्ये अन्य परराष्ट्र सेवाका हुन् ।

जसमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा.खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् ।

त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । त्यस्तै खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ ।

यी मध्ये थापा र रायमाझी राप्रपा नेपालको कोटाका हुन् भने बस्न्यात राप्रपा र पराजुली बिजय गच्छदारको पार्टीबाट सिफारिस भएका हुन् । उनीहरुको नाम गत बैशाख ७ गतेको मन्त्रिपरिषद बैठकले बिभिन्न देशको राजदूतका लागि सिफारिस गरेको थियो ।

अन्य ८ सहसचिवको भने सुनुवाई निरन्तर हुनेछ । सहसचिवबाट प्रस्ताबित राजदूतमा सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, दुर्गावहादुर क्षेत्री र लोकवहाबहादुर थापा सिफारिस भएका थिए ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार